Business Growth 3 min read Jul 24, 2026

नेपाली व्यवसायीले अन्जानमै गर्ने गल्तीहरू, जसले कर सम्बन्धी समस्या निम्त्याउन सक्छन्

PR

Providhy

Providhy

नेपाली व्यवसायीले अन्जानमै गर्ने गल्तीहरू, जसले कर सम्बन्धी समस्या निम्त्याउन सक्छन्

नेपालमा आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा धेरै व्यवसायीहरू एउटै व्यस्ततामा हुन्छन्,हराएका Bill खोज्ने, Accountant ले मागेका कागजात जम्मा गर्ने, Purchase Records मिलाउने, छुटेका कारोबार सम्झिने, र कर विवरण समयमै तयार पार्ने। अन्तिम समयमा यी सबै काम एकैचोटि गर्नुपर्दा तनाव हुनु स्वाभाविक हो। 

सामान्यतया, साना तथा मझौला व्यवसायहरु (SMEs) ले उस्तै प्रकारक परिस्थितिहरूको सामना गर्छन्। कर सम्बन्धी धेरै गल्तीहरू जानाजानी गरिएका हुँदैनन् तर धेरै जस्तो, विभिन्न ठाउँमा छरिएका रहेका व्यवसायका अभिलेखहरू, दैनिक काम गर्ने प्रक्रियामा व्यवस्थितपनको अभाव, वा आवश्यक काम अन्तिम समयसम्म पूरा गर्न नसक्नु प्रवृत्ति नै यस्ता गल्तीहरूको मुख्य कारण हुन्छ। 

यस्ता साना गल्तिहरूले कर विवरण तयार गर्दा समस्या सिर्जना गर्न सक्छन्, अनावश्यक जरिवाना वा ढिलाइ निम्त्याउन सक्छन्, र व्यवसायको वित्तीय व्यवस्थापनलाई पनि जटिल बनाउन सक्छन्।

यस blog मा नेपाली व्यवसायीहरूले अन्जानमै गर्ने केही सामान्य कर सम्बन्धी गल्तीहरू र तिनबाट बच्न अपनाउन सकिने सरल तथा व्यावहारिक उपायहरूबारे चर्चा गर्नेछौं। 

१. समयमै बिल जारी नगर्नु वा सुरक्षित नराख्नु

हरेक व्यावसायिक कारोबारको Bill वा Invoice त्यस कारोबारको आधिकारिक प्रमाण हो। यसले आम्दानी, खर्च र करको सही हिसाब राख्न मद्दत गर्छ। तर धेरै व्यवसायमा Bill पछि बनाउने, कागजी Bill हराउने वा वर्षको अन्त्यमा मात्र कागजात मिलाउने जस्ता गल्ती हुने गर्छन्।

यस्ता कमजोरीले खर्च प्रमाणित गर्न, VAT Input Credit दाबी गर्न र कर परीक्षणका बेला आवश्यक कागजात देखाउन समस्या हुन सक्छ। यसले अतिरिक्त कर, जरिवाना र अनावश्यक झन्झट निम्त्याउन सक्छ। 

प्रत्येक कारोबारपछि तुरुन्त Bill जारी गर्ने, सबै Purchase र Sales Bill सुरक्षित राख्ने, र सम्भव भए डिजिटल Billing वा Business Management System प्रयोग गर्ने। यसले अभिलेख व्यवस्थित राख्न र आर्थिक वर्षको अन्त्यमा हुने झन्झट कम गर्न मद्दत गर्छ। 

VAT मा दर्ता भएका व्यवसायले करयोग्य बिक्रीमा Tax Invoice जारी गर्नुपर्छ। आवश्यक अभिलेख नराखे वा कानुनी व्यवस्था पालना नगरेमा जरिवाना र कर पुनःनिर्धारण हुन सक्छ। 

२. करका लागि आवश्यक कारोबारको अभिलेख व्यवस्थित नराख्नु

धेरै व्यवसायमा बिक्री, खरिद र खर्चका विवरण तुरुन्त रेकर्ड नगरी केही दिन वा हप्तापछि सम्झनाको भरमा लेख्ने चलन हुन्छ। व्यस्त कार्यतालिका, Manual Notebook वा Excel मा छुट्टाछुट्टै रेकर्ड राख्नु, र फरक–फरक व्यक्तिले अभिलेख व्यवस्थापन गर्नु यसको मुख्य कारण हुन्। 

यसले आम्दानी–खर्चको हिसाब नमिल्ने, कर विवरण तयार गर्न ढिलाइ हुने, र कर परीक्षणका बेला आवश्यक प्रमाण जुटाउन कठिन हुने जोखिम बढाउँछ।

कारोबार भएको दिनमै रेकर्ड अद्यावधिक गर्ने, एउटै व्यवस्थित प्रणाली प्रयोग गर्ने, र सम्भव भए डिजिटल Business Management System अपनाउने। यसले अभिलेख व्यवस्थित राख्न र कर सम्बन्धी कामलाई सरल बनाउँछ।

३. PAN/VAT सम्बन्धी दायित्वलाई पछि गरौँ भन्ने सोच्नु

व्यवसायले PAN/VAT सम्बन्धी जानकारी update नगर्ने, आवश्यक दर्ता वा नवीकरणलाई बेवास्ता गर्ने, र Compliance सम्बन्धी कागजात व्यवस्थित नराख्ने गर्छन्। सानो लापरवाहीले पनि पछि कर विवरण, Audit वा सरकारी प्रक्रियाका बेला अनावश्यक झन्झट र ढिलाइ निम्त्याउन सक्छ। 

PAN/VAT सम्बन्धी जानकारी समयमै अद्यावधिक गर्ने, आवश्यक कागजात व्यवस्थित राख्ने, र सबै Compliance दायित्वको नियमित समीक्षा गर्ने बानी बसाल्नुहोस्।

VAT मा दर्ता भएका व्यवसायले प्रत्येक करयोग्य बिक्रीमा VAT Bill (Tax Invoice) जारी गर्नुपर्छ। Bill जारी नगर्ने वा गलत Bill जारी गरेमा प्रति घटना रु. १०,००० सम्म जरिवाना तथा अन्य करसम्बन्धी कारबाही हुन सक्छ । 

४. कर तिर्ने वा विवरण बुझाउने समयसीमा छुटाउनु 

बारम्बार ढिलाइ हुँदा जरिवाना, ब्याज, कर परीक्षणको जोखिम तथा व्यवसायको Compliance Record मा नकारात्मक असर पर्न सक्छ। करको क्यालेन्डर बनाउने, आवश्यक कागजात नियमित रूपमा अद्यावधिक गर्ने, र अन्तिम मितिभन्दा अघि नै कर विवरण तयार गर्ने बानी बसाल्नुहोस्।v

नेपालमा समयमै कर विवरण वा कर दाखिला नगरेमा ब्याज, शुल्क तथा जरिवाना लाग्न सक्छ। केही अवस्थामा आय विवरण ढिलो बुझाउँदा रु. १००० वा कानुनअनुसार गणना हुने शुल्क (जुन बढी हुन्छ) लाग्न सक्ने व्यवस्था छ। 

५. यी गल्तीहरू बारम्बार किन दोहोरिन्छन्?

धेरैजसो कर सम्बन्धी गल्तीहरू करको ज्ञान नभएको कारण होइन, व्यवसायका दैनिक प्रक्रिया व्यवस्थित नभएको कारण दोहोरिन्छन्। Bill, कारोबारको अभिलेख, Compliance सम्बन्धी कागजात र करको समयसीमा एउटै प्रणालीमा व्यवस्थापन नहुँदा अन्तिम समयमा अनावश्यक झन्झट सिर्जना हुन्छ। 

यही कारणले धेरै नेपाली व्यवसायहरू दैनिक सञ्चालनलाई व्यवस्थित बनाउन डिजिटल Business Management System अपनाउन थालेका छन्। Providhy जस्ता समाधानले Bill, कारोबारका अभिलेख र आवश्यक व्यवसायिक जानकारी एउटै ठाउँमा व्यवस्थित राख्न मद्दत गर्छ, जसले कर तयारीलाई वर्षभरि नै सरल र व्यवस्थित बनाउँछ

निष्कर्ष

कर सम्बन्धी काम अन्तिम समयमा हतारमा पूरा गर्ने विषय होइन। राम्रो कर अनुपालन (Tax Compliance) दैनिक रूपमा Bill, कारोबारका अभिलेख र आवश्यक कागजात व्यवस्थित राख्ने बानीबाट सुरु हुन्छ।

अर्को कर विवरण बुझाउने समय आउनुअघि आफ्नो व्यवसायको Record-Keeping र Documentation प्रक्रिया एकपटक समीक्षा गर्नुहोस्। आज गरिएका साना सुधारहरूले भोलिका अनावश्यक गल्ती, जरिवाना र झन्झटबाट तपाईंको व्यवसायलाई जोगाउन सक्छन्।

Share this article

Related Articles

Banner image with the text "Correct data can pinpoint the expenses and profits in the business" and the logo of Providhy
Aug 20, 2026 2 min read

व्यवसायको बिक्री, खर्च र स्टकको तथ्यांकले कसरी राम्रो निर्णय लिन मद्दत गर्छ?

व्यवसाय चलाउँदा दिनहुँ थुप्रै निर्णय लिनुपर्छ। कुन सामान बढी मगाउने? कुन ग्राहकलाई कति उधारो दिने? कुन खर्च घटाउने? कुन समयमा थप लगानी गर्ने? यी निर्णयमध्ये धेरैजसो निर्णय व्यवसायीले आफ्नो अनुभव र अनुमानका आधारमा लिन्छन्। अनुभव महत्त्वपूर्ण हुन्छ। तर व्यवसाय बढ्दै जाँदा “यसो गर्दा हुन्छ होला” भन्ने अनुमान मात्रमा भर पर्नु जोखिमपूर्ण हुन सक्छ। बिक्री घट्दै छ कि कुनै विशेष सामानको माग कम भएको हो? खर्च बढेको हो कि कुनै एउटा क्षेत्रमा मात्र अनावश्यक खर्च भइरहेको छ? गोदाममा पर्याप्त सामान छ कि पैसा नबिक्ने स्टकमै अड्किएको छ? यस्ता प्रश्नको उत्तर अनुमानले भन्दा बिक्री, खर्च र स्टकको सही तथा समयमै उपलब्ध तथ्यांकले दिन सक्छ। तथ्यांक हेरेर निर्णय गर्दा व्यवसायीले के भइरहेको छ भन्ने मात्र होइन, त्यसका आधारमा अब के गर्ने भन्ने निर्णय पनि अझ स्पष्ट रूपमा लिन सक्छन्। यही कारणले व्यवसाय बढ्दै जाँदा तथ्यांकलाई व्यवस्थित रूपमा राख्नु र सही समयमा प्रयोग गर्नु झन् महत्त्वपूर्ण हुन्छ।

Why Nepali Businesses Are Switching to Cloud ERP Software in 2026
Aug 13, 2026 3 min read

Why Nepali Businesses Are Switching to Cloud ERP Software in 2026

For years, local companies have trusted Excel spreadsheets, paper diaries, and outdated desktop software to track sales and inventory. However, these old systems are hitting a breaking point, causing data loss when computers crash, human errors in stock counts, and keeping owners stuck at their desks just to check basic daily reports. To fix this, a huge change is happening. In 2026, Nepali businesses are moving to cloud ERP software that operates as a single digital brain for their entire organizations. It securely connects your finance, warehouse, and sales departments over the internet, allowing you to monitor your business and manage multiple branches in real time on your device. This blog post covers why Nepali businesses are upgrading to cloud ERP systems in 2026. You will learn about key features to look for, including IRD tax compliance, warning signs that your current tools are failing, and practical tips for choosing the right system for your business growth.

How ERP Software Helps Nepalese SMEs Manage VAT & Tax Compliance
Aug 06, 2026 3 min read

How ERP Software Helps Nepalese SMEs Manage VAT & Tax Compliance

Running a business in Nepal involves managing VAT records, taxes, and financial reports. Many SMEs still use spreadsheets, paper, or disconnected systems, which work early on but become harder to manage as the business expands. This increases errors, misplaced records, duplicates, and last-minute stress during tax filing. At the same time, Nepal's tax environment is becoming increasingly digital, making accurate and organized financial records more important than ever. Businesses need a reliable way to track transactions, manage invoices, and maintain up-to-date financial information throughout the year, not just when filing taxes. An Enterprise Resource Planning (ERP) system consolidates accounting, sales, inventory, and other operations into one platform, helping businesses organize records, improve accuracy, and simplify VAT and tax compliance tasks. This article explores how ERP helps Nepalese SMEs manage compliance and financials more effectively.

Get more tips like this

Subscribe to our newsletter and receive weekly business tips, product updates, and exclusive content directly in your inbox.

Join 2,500+ business owners. Unsubscribe anytime.